सालीसँग विवाह गर्न पत्नीविरुद्ध ‘सुपारी’

एजेन्सी– भारतमा केही दिनअघि भएको एक हत्याको विषयमा सनसनीखेज खुलासा भएको छ । प्रहरीले त्यहाँका एक व्यापारी आसिफले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गर्ने गिरोहलाई दुई लाख रुपैयाँ दिएको पत्ता लगाएको हो ।

त्यति मात्र होइन, यी व्यापारीले श्रीमतीको हत्या गर्न दुई पटक आफैंले खानामा विष मिलाएको पनि बताएका छन् । तर, सफल नभएपछि सुपारी दिएको बताएका छन् । 
उनले यसको कारण चाहिँ आफ्नो र सालीको प्रेम भएको बताएका छन् । 

ती व्यापारीले आफूले सालीसँग विवाह गर्न चाहेको तर पत्नी त्यसमा बाधक भएको पनि बताएका छन् । तीन वर्षदेखि पत्नीसँग सम्बन्ध राम्रो नभएको र सालीलाई नै विवाह गर्ने योजना उनले बनाएको प्रहरीलाई जनाएका छन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १९:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया