कुकुर मर्दा अन्तिम संस्कार, १३ औं दिनमा ११ सय जनालाई भोजन

एजेन्सी– भारतको उत्तर प्रदेशको मुजफ्फरपुर जिल्लामा एक परिवारले आफ्नो कुकुर मर्दा शोक मनाएर, विधिवत रुपमा तेह्रौ दिन पनि आयोजना गरेको छ । यसलाई त्यहाँ अहिले निकै ठूलो चर्चाका रुपमा लिइएको छ । यो परिवारले कुकुर मरेको १३ औं दिनमा आफन्तहरुलाई बोलाएर विधिवत कार्यक्रमहरु गरेको थियो । 

तेह्रौं दिनमा हिन्दू धर्मअनुसार यस्तो कार्यक्रम राखेका थिए, डा सैनीको परिवारले । उनीहरुले १४ वर्षदेखि घरमा पालेको कुकुरको निधनमा अन्तिम संस्कार पनि विधिवत रुपमा नै गरेका थिए । या कुकुर १३ जनवरीमा मरेको थियो । 

डा. सैनीले त्यसलाई एउटा कुकुर मात्र नभएर परिवारको अत्यन्त महत्वपूर्ण सदस्य पनि भएको बताएका छन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १९:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया