सञ्चारमन्त्री पदबाट गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउँदै सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको बताएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै सभामुख सापकोटाले भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नुभएको छ ।’ तर, सापकोटाले अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको बताएका छन् । 

एक स्विस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । 





  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १५:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया