आठ पत्रकारलाई प्रधानसेनापति प्रशंसा पदक

काठमाडौं- महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दै आएका पत्रकारलाई उक्त पदकबाट विभूषित गरेका हुन् ।

विभूषित हुनेमा नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी), परशुराम काफ्ले (नयाँ पत्रिका) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) रहेका छन् ।

समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा‍.डा. त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार १७:४३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया