‘नरेन्द्र मोदी जिनियस र दूरदर्शी’

भारतको सर्वोच्च अदालतका एक न्यायाधीश अरुण मिश्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दूरदर्शी तथा जिनियस भएको बताएका छन् । १५ सय पुराना कानुनको अन्त्य गरेको भन्दै न्यायाधीश मिश्राले मोदी र कानुनमन्त्री रविशंकर प्रसादको तारिफ गरेका हुन् । 

अन्तर्राष्ट्रिय न्यायिक सम्मेलन २०२० लाई सम्बोधन गर्दै मिश्राले भने, ‘हाम्रा बहुमुखी प्रतिभा भएका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि धन्यवाद दिन चाहन्छु किनकि उनले भारतलाई अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेवार सदस्य बनाएका छन् ।’

उनले भने, ‘उनी जिनियस र दूरदर्शी नेता हुन् ।’





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार २१:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया