सुनको मूल्य आकासियोः प्रतितोला ८० हजारभन्दा माथि

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्मकै सबैभन्दा महंगो मूल्यमा आज सुनको कारोबार सुरु भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको हो । 

नेपाली इतिहासमा यो नै सबैभन्दा बढी सुनको मूल्य हो । 

सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावालको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार भएको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको हो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ ।

लगातार सुनको मूल्य बढिरहेपछि सुनको कारोबारमा गिरावट आएको छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १२:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया