थामियाे नेप्से

काठमाडौं– आइतबार उच्च अंकले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अंकले बढेको नेप्से आज दुई अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १.९६ ले घटेर एक हजार ५०२.१८ भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ ।
 
नेप्से झिनो अंकले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रहेको छ । कुल १७९ कम्पनीको कुल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ ।

कारोवार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बिमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बिमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ । 

कारोवारका आधारमा आज एनएमबी शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख दुई हजार ७१३, शिखर इन्स्योरेन्स कम्पनी रु १२ करोड २४ लाख ४२ हजार ७१४, प्रिमियर इन्स्योरेन्स कम्पनी रु ११ करोड ८६ लाख ८६ हजार ६४२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ६४ लाख ६२ हजार ५९०, एनआइसी एशिया बैंक रु १० करोड ४४ लाख २० हजार ८०९ र हिमालयन डिस्टिलरी रु १० करोड २२ लाख चार हजार ८९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडिसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३.८८ प्रतिशतले कमाए । 

त्यस्तै गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, प्रुडेन्सियल इन्स्योरेन्स ६.१९, सांग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४‍.७४ र पोखरा फाइनान्सका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १७:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया