पुस्तक आयात कर हट्दैन, बहस गर्न तयार छु : अर्थमन्त्री

काठमाडौ|– सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मूल्यको १० प्रतिशत कर लिन थालेको छ । पुस्तक आयातमा लागेको करको सर्वत्र विरोध भइरहेका वेला अर्थमन्त्री डा. युवराज खतिवडाले भने यो कर तत्काल नहट्ने बताएका छन् ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका खतिवडाले अर्को संसदले छलफल गरेर नटुंग्याएसम्म नयाँ निर्णय नहुने बताएका हुन् । 

विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशतसम्म कर लगाउने गरेको उल्लेख गर्दै उनले नेपालमा अर्बौं लगानी गरेर छापाखाना खुलेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको बताए ।

नेपालमा खुलेका छापाखानाले कागज ल्याउँदा समेत १५ प्रतिशत कर तिर्नुपर्ने भएकाले उनीहरुले कर नै नतिरेर ल्याउने पुस्तकसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशतसम्म नाफा हुने भएकाले यसलाई व्यापार मानिने र व्यापारमा कर लगाउने विषयमा आफू बहस गर्न तयार रहेको समेत उनले बताए ।   

 ‘पुस्तकको व्यापार भनेको ज्ञानको व्यापार होइन,’ उनले भने, ‘पुस्तकको व्यापार गर्दा नाफा कमाइन्छ भने सरकारलाई कर पनि तिनुपर्छ ।’





  • प्रकाशित मिति : फागुन १५, २०७६ बिहीबार १६:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया