सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित

सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गरेको छ । 

बैंकले मोबाइल बैंकिङ्ग सेवामार्फत नविनतम् सेवा सुविधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरेर छोटो समयमा धेरै ग्राहक वृद्धि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न साक्षरतासम्बन्धी कार्यक्रम सन्चालन गर्दै आएकाले यो अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ सेवाप्रदायक संस्था एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवा शर्माले शुक्रबार एक कार्यक्रमबीच अवार्ड सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरेका हुन् ।

डिजिटल भुक्तानी क्षेत्रमा स्थापित यस अवार्ड पाउने प्रथम बैंक हुन पाउँदा आफूहरु हर्षित भएको सनराइज बैंकले जनाएको छ । 

१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८ हजार रेमिट्यान्स एजेन्ट मार्फत ६ लाखभन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा दिँदै आएको यो बैंक समयसमयमा आकर्षक योजना पनि ल्याउँदै आएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १५:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया