के तपाईं पनि खाना खाँदा गर्दै त हुनुहुन्न यी १० गल्ती ?

हामी जानी नजानी खाना खाने क्रममा धेरै गल्तीहरु गर्ने गर्छौ । कती पटक त जीवनशैलीसँग जोडिएको गल्तिहरु धेरै नोक्सान पु¥याउँने सावित गल्ति सावित हुन्छ । तर हामीले एक चोटी यस्ता गल्ती र यसबाट हुने नोक्सानबारे जान्यौँ भने स्वास्थ्यमा आउँने समस्याबाट सहजै बच्न सकिन्छ । 

ब्रेकफास्ट नखानु

विहान नास्ता नखानु दिनको पहिलो र धेरै मानिसहरुले गर्ने गल्ती हो । यो गल्ती मानिसहरुले जानेर र नजानेर पनि गरिरहेका हुन्छन् । प्राय अफिस वा कलेजमा हुने ढिलाले गर्दा नास्ता गर्ने समय बच्दैन र केही नखाई हामी घरबाट बाहिर निस्कन्छौ । यसो गर्नाले दिन सुरु हुनु अगाडि नै हामी कमजोर र आलस्य बन्छौ । त्यसैले स्वस्थ रहन आफ्नो साथमा फलफुल लिएर निस्कने वा नास्ता गरेर मात्र घरबाट निस्कनुपर्छ । 

थोरै पानी पिउनु

प्रत्येक व्यक्तिको लागि दिनमा २ देखि ३ लिटर पानी आवश्यक पर्छ । थोरै पानी पिउँनाले मांसपेशी कडा हुने, टाउको दुख्ने, थाकेको महशुस हुने, पाचन शक्ति कमजोर हुने जस्तै धेरै समस्याहरु देखापर्छ । दैनिक पर्याप्त पानी पिउँनाले मांसपेशीको ऊर्जा र प्रतिरक्षा प्रणाली तन्दुरुस्त राख्न मद्दत पुग्छ । 

प्रशोधित खानाको अधिक प्रयोग 



नूडल्स, चिप्स, केक, पेस्ट्री, क्रिम बिस्कुट्स जस्ता प्रशोधित खानाहरु स्वास्थ्यको लागि एकदम हानिकारक हुन्छ । यस्ता खानालाई शून्य पोषक तत्वको श्रेणीमा राखिएको हुन्छ, जसमा प्रिजर्भेटिव्स र सोडियम धेरै हुन्छ । त्यसैले यस्ता खाना अस्विकार गर्नुपर्छ । 

तेलको गलत प्रयोग



हामीले दैनिक खाने खानामा गलत तेल वा धेरै तेल प्रयोग गर्नु आम गल्ती जस्तै हो जुन हामी दैनिक गरिरहेका हुन्छौ । कोही यस्ता मानिसहरु पनि छन् जो ओलिभ ओयललाई लिएर कन्फ्युज छन् । जबकी यसको प्रयोग मात्र सलादको ड्रेसिङ र डिप्सको लागि मात्र गर्नुपर्छ । आहार विशेषज्ञको अनुसार हरेक दुई महिनामा तेल बदल्नुपर्छ । बजारमा सजिलैसँग उपलब्ध हुने तेलमध्ये एउटा छनोट गरेर प्रयोग गर्न सकिन्छ । दैनिक आहारामा दुई चम्चा भन्दा बढी तेल प्रयोग गर्नु हुँदैन । 

फलफुलको अभाव

खानामा फलफुलको पनि समेट्नुको धेरै फाइदाहरु छन् । फाइबरको मात्रा बढाउँन, भोक जगाउँन, कोशिकामा हुने क्षती रोक्न, कब्जियतको समस्याबाट बचाउँन फलफुलले ठूलो भूमिका खेल्छ । दैनिक खानामा फलफुलको प्रयो नगर्नाले पाचन सम्बन्धि समस्या त हुन्छ नै पोषक तत्वबाट पनि वञ्चित भइन्छ । 

गलत समयमा खाना खानु

धेरै मानिसहरु हामी संतुलित भोजन नियमित खान्छौ, कुनै जङ्क फुड खादैनौ तर पनि तौल घट्दैन भन्ने गुनासो गरिरहेका हुन्छन् । यसो हुनुको एक कारण हो गलत समयमा खाना खानु । एउटा भनाइ छ ब्रेकफास्ट राजाले जस्तो गर्नु, लन्च सामान्य व्यक्तिले जस्तै गर्नु र डिनर गरिबले जसरी गर्नु । तर मानिसहरु यसको ठीक बिपरीत गर्छन् । दिनमा खाना नखानु र राती धेरै खाना खानुले पाचन प्रकृयाको सन्तुलन बिग्रीन्छ र मानिस अस्वस्थ हुन्छ । 

अधिक जुस पिउनु

हामीले दैनिक नास्ता गर्दा ताजा फलफुलको एक गिलास जुस पिउँनुले एउटा फल खानुभन्दा धेरै गुणा क्यालोरी दिन्छ । जुस पिउँदा हामी ५ ओटा सुन्तलाको जुस पिउँन सक्छौ भने फल खाँदा एउटा मात्र सुन्तला खान सक्छौ । फ्रुट जुसले ब्लड सुगरलाई तुरुन्तै बढाउँछ र धेरै भोक लाग्न थाल्छ । यसले गर्दा आवश्यकता भन्दा बढी खाना खाईन्छ । त्यसैले जुस धेरै पिउँनु हुँदैन । 

चिनीको अधिक प्रयोग 

एक चम्चा चिनी राखेर एक कप दूध, कफी वा चिया पिउँनुले केही असर गर्दैन । तर एक चम्चाभन्दा बढी चिनीको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । खानामा चिनीको मात्रा बढाउँनाले छाला र कलेजोमा गलत प्रभाव पर्छ । धेरै चिनीले मधुमेह र सूजनको समस्या निम्त्याउँछ ।  

व्यायामको आवश्यकता

शारीरिक गतिबिधिको हाम्रो दिनचर्यामा बिशेष महत्व छ । व्यायाम नगर्नाले सजिलै रोगको मुखमा पुगिन्छ र बिरामी हुँने संभवना धेरै हुन्छ । निष्क्रिय जीवनशैलीको कारण हड्डि र मांसपेशी कमजोर हुने, निन्द्राको प्रकृयामा परिवर्तन हुँने र मोटोपना हुने संभावना बढेर जान्छ । तयसैले स्वस्थ रहन नियमित व्यायाम गर्नुपर्छ । 

माइक्रोवेभको अधिक प्रयोग 

यो सरल र सहज प्रबिधिको प्रयोग प्राय खाना तातो बनाउँन प्रयोग गर्ने गरिन्छ तर धेरैलाई थाहा नहुन सक्छ यसले जीवनलाई जोखिममा धकेल्छ भनेर । माइक्रोवेभ कुकिङ्गले हाम्रो खानामा रहेको पोषक तत्वलाई प्रभावित पार्छ । यसले प्रतिरक्षा प्रणालीलाई कमजोर मात्र पार्दैन क्यान्सरको संभावनालाई समेत बढाउँछ ।
 

  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १६:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया