अमेरिकाले खुलायाे नेपालीका लागि कामदार भिसा

काठमाडौं– अब नेपालीहरू कामदार भिसामा कोरिया जापान मात्र होइन, अमेरिका पनि जान पाउने भएका छन् । अमेरिकाले आइतबारदेखि कामदार भिसा ‘एच–वानबी भिसा’ खुलाएको छ ।

अमेरिकाले यो वर्षदेखि एच–वान बी भिसा खोलेको हो । भिसाका लागि आवेदन दिन स्नातक उत्तीर्ण गरेको हुनुपर्छ । पहिलो वर्षका लागि ६५ हजारले अमेरिका प्रवेश पाउनेछन् ।
  
 ‘एच–वानबी भिसा’ आज (आइतबार) मध्याह्न १२ बजेदेखि मार्च २० तारिख मध्याह्न १२ बजेसम्मका लागि खुलाएको हो । उक्त भिसाका लागि विश्वभरबाट अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस)का अनुसार सो भिसा आव २०२१ का लागि खोलिएको हो । यो भिसाका लागि आवेदन दिन १० डलर शुल्क लाग्छ ।

एच–वानबी भिसाको व्यवस्थाले अमेरिकी रोजगारदातालाई विशेष पेसामा काम गर्ने गैरअमेरिकी अस्थायी कामदारलाई भिसा प्रदान गर्छ । कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउन युएससिआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । 

युएससिआइएसले कन्फर्मेसन नम्बर उपलब्ध गराउँछ र सोही आधारमा छनोट हुनेको नामा मार्च अन्तिममा सार्वजनिक हुनेछ ।

अमेरिकी कामदार भिसाबारे थप जानकारी याे भिडियाेबाट प्राप्त गर्न सकिन्छ 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १७:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया