शेयर बजार खस्किएपछि भारतमा सरकारले नै बेच्दैछ सुन

एजेन्सी– कोरोना भाइरसका कारण विश्वभरको अर्थतन्त्र खस्किएको छ । भारतमा पनि शेयर बजार निकै खस्किएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतको नरेन्द्र मोदी सरकारले एकपटक फेरि आम जनतालाई सुन बेच्ने योजना ल्याएको छ । 

शेयर बजारमा लगानीकर्तालाई सुरक्षित बनाउन यो योजना ल्याइएको हो । यसका लागि नरेन्द्र मोदी सरकारले सुन बेच्ने विकल्प ल्याएको हो ।

मोदी सरकारले यो सुन सोर्वन गोल्ड बोन्ड २०१९–२० का अनुसार बेच्न लागेको हो । सरकारले गोल्ड बोन्डमा गर्न लागेको यो १० औं सिरिज हो जसको सुरुवात सोमबार हुँदैछ । सोमबारदेखि लगानीकर्ताले सुनमा लगानी गर्न सक्नेछन् ।

यसका लागि प्रति ग्राम सुनको मूल्य ४२६० निर्धारण गरिएको छ । यस्तो गर्नुको उद्देश्य सुनको फिजिकल डिमान्ड कम गर्नु हो । यसरी किनिएको सुन घरमा राखिँदैन तर बोन्डमा लगानी गरेको अनुसार प्रयोग गर्ने गरिन्छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १८:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया