खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने भएका छन् । उनकाेको राष्ट्रिय सभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिँदै छ ।

त्यससँगै उनी मन्त्री पदमा रहने छैनन् । कार्यकाल सकिनुअघि नै खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् । 

तर उनको पुनः नियुक्ति हुने नेकपा उच्च स्रोतले बताएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीमा नियुक्त गर्नेछन् ।

धारा ७८ मा भएकाे व्यवस्थाअनुसार संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । तर, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नुपर्नेछ । अन्यथा उसकाे पदाविध सकिनेछ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै पुनः राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने मनसाय व्यक्त गरेका छन् । तर, नेकपा सचिवालय बैठकले वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गरेका कारण प्रधानमन्त्री अफ्ट्याराेमा परेका छन् ।

वामदेवलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने र खतिवडालाई ६ महिनाका लागि अर्थमन्त्रीमा निरन्तरता दिने गरी नेकपामा दुवै पक्षकाे मिलनबिन्दु खाेजिएकाे छ ।





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १६:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया