अर्थमन्त्री युवराज खतिवडाले दिए पदबाट राजीनामा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । 

आज राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएकाले उनले पदबाट राजीनामा दिएका हुन् । दुई वर्षअघि उनले राष्ट्रिय सभामा गोलप्रथा तान्दा दुई वर्षको म्याद भएको चिठ्ठा तानेका थिए ।

त्यसैले अन्य १८ सदस्यसहित आज उनको राष्ट्रिय सभामा पदावधि सकिएको हो । उनले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगिसकेको स्रोतको दाबी छ । 

तर, उनी फेरि अर्थमन्त्रीमा नियुक्त हुनेछन् । यसका लागि नेकपामा सहमती भइसकेको बताइएको । अब अर्थमन्त्रीमा उनी नियुक्त भएपछि उनले ६ महिनाभित्र संघीय संसदको सदस्यता लिइसक्नु पर्ने हुन्छ । 

आज राजीनामा दिएका खतिवडाको पुनर्नियुक्ति भोलि हुने र उनको सपथ पनि भोलि नै हुने बताइएको छ । 

अर्कोतिर, केही नेकपाका नेताहरुले चाहिँ खतिवडाको ठाउँमा सुरेन्द्र पाण्डेलाई ल्याउने तयारी भएको पनि बताएका छन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १६:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया