काठमाडौं– एसिसी पूर्वी क्षेत्रीय क्रिकेट टी २० मा छनोटको तेस्रो खेलमा नेपालले आयोजक थाइल्यान्डमाथि कीर्तिमानी जित निकालेको छ । नेपालले थाइल्यान्डलाई ९ विकेटले पराजित गर्दा क्रिकेटमा केही नयाँ रेकर्ड बनेका छन् ।
आजको खेलमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६६ ओभर मात्र बनाउन सक्यो । ६७ रनको टार्गेट लिएर मैदान छिरेको नेपाली टिमले ५.३ ओभरमा एक विकेट मात्र गुमाएर जितमा आफ्नो नाम दर्ज गर्यो ।
यो नेपालको टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो लक्ष्य भेट्ट्याएको हो । यसअघि नेपालले कुवेतविरुद्ध १५.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्ट्याएको थियो ।
आजको खेलमा नेपाललाई जिताउन ओपनर कुशल मल्ले विस्फोटक पारी खेले । उनले १८ बलको सामना गर्दै २ छक्का र ५ चौकाको सहयोगमा अविजित ३६ रन प्रहार गरे ।
आजकै खेलमा पवन सरार्फले पनि १० बलमा ३ छक्का तथा २ चौकाको सहयोगमा २७ रन जोडे । ओपनिङमा आएका पूर्वकप्तान पारस खड्काले ९ रनको योगदान दिए ।
नेपालका लागि बलिङ गरेका सन्दीप लामिछानेले १ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा २२ बल डट फाले । यो बलिङमा निकै राम्रो हो । यसअघि पाकिस्तानका बलर मोहमद आमिरले युएईविरुद्ध २१ डट बल फालेर रेकर्ड बनाएका थिए ।
थाइल्याण्डकालागि एक मात्र विकेट नोप्पोन सेनामेन्त्रीले हात पारे ।
टोर्डथाई क्रिकेट मैदानमका टस जितेर ब्याटिङ थालेको थाइल्याण्डले २० ओभरमा सबै विकेट गुमाउदै जम्मा ६६ रन बनाएको थियो ।
नेपाली बलका सामु कुनैपनि थाई ब्याट्सम्यानहरु चल्न सकेनन् ।
थाइल्याण्डकालागि फिरियापोङ सुआनचुई तथा हेन्ना जोर्डनले समान १३ रनको योगदान दिँदा नाभिद पठानले ८ रनको योगदान दिए ।
थाइल्याण्डको पारी ध्वस्त पार्ने क्रकममा नेपालका करण केसीले ३, अभिनास बोहोराले २ तथा भुवन कार्की तथा सन्दिप लामीछानेले समान १ विकेट हात पारे ।
आजको खेलमा जित हासील गरेको नेपाल २ अंकको साथमा चौथो स्थानमा छ । नेपालले पहिले खेलमा मलेसीयासंग २२ तथा दोस्रो खेलमा हङकङसंग ४३ रनको पराजय बेहोरेको थियो ।
अब नेपालले आफ्नो अन्तिम खेल मार्च ६ मा सिङ्गापुरविरुद्ध खेल्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।