प्रधानमन्त्री ओलीको दाेस्राेपटककाे मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दाेस्राेपटककाे मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार शिक्षण अस्पताल, महारागजञ्जमा करिब ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हाे । 

प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको प्राध्यापक डा. अरुण सायमीले जानकारी दिएका छन् । अबकाे केही समयभित्रै पत्रकार सम्मेलन गरेर उपचारमा संलग्न चिकित्कसहरुले थप जानकारी दिनेछन् ।

ओलीको दोस्रोपटककाे मिर्गौला प्रत्यारोपणका उनलाई भान्जीले मिर्गौला दिएकी छिन् । ०६४ साउनमा उनकाे पहिलाेपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएकाे मिर्गाैलाले १२ वर्षसम्म काम गर्याे । साे मिर्गाैलाले काम गर्न छाडेपछि गत कात्तिकबाट उनकाे नियमित डायलासिस गरिँदै आइएको थियो ।





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १५:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया