कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा कांग्रेसले सरकारलाई साथ दिने, सभा–सम्मेलन स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका भेला, सम्मेलन र सभा स्थगित गरेको छ । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने कांग्रेसले बताएको छ ।

यसअघि सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको थियाे । 

साेहीअनुसार सम्मेलन र सभा स्थगित गरेको कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरण लगायतका १४औँ महाधिवेशनको तयारी काम भने जारी रहने उसले बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसले कोरोना संक्रमणबारे सतर्कता र चेतना अभियान चलाइनेसमेत बताएको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १६:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया