प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, आइतबार या सोमबार डिस्चार्ज गरिने

काठमाडौं– बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अहिले स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार अहिले सूचांकहरूले पनि राम्ररी काम गरिहरेका छन् । अहिले उनलाई प्रत्यारोपण उपचार कक्षमा राखिएको छ ।

उनको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र होस पनि खुलिसकेको उनले जानकारी गराए ।

उनलाई भोलि बिहानदेखि मुखबाट तरल खानेकुरा दिइनेछ । अब अरू कुनै समस्या नदेखिए भोलि बिहान कालो चिया दिने र सोमबारसम्म डिस्चार्ज गर्ने योजना रहेको उनले बताए । 

अवस्था धेरै नै राम्रो भयो भने आइतबारै पनि डिस्चार्ज गर्न सकिने चिकित्सकको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १७:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया