कोरोनाबारे सतर्क रह्यौँ, नतर्सिऔँः गगन थापा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस संक्रमणबाट सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘कोरोना भाइरस संक्रमणबाट तर्सने होइन, सचेत रहने हो ।’

‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ,’ सांसद थापाले भने, ‘सरकारले जे गरेको छ, म त्यसको प्रशंसा गर्छु । अब छरपष्ट होइन, एकजुट भएर तयारीमा जुटौँ ।’

उनले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि तत्काल एक्सन प्लान बनाउनु पर्ने पनि बताए । यसका लागि संघ, प्रदेश तथा स्थानीय सरकार मिलेर एकिकृत प्रयासमा जुट्नु पर्नेमा उनको जोड थियो । 

संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसी, नारायण खड्का समर्थन गर्दै छलफलमा भाग लिए । 

थापाले अहिले पनि सभासम्मेलन रोक्न सरकारले अनुरोध गरे पनि संसद बैठक चाहिँ चलिरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेकोमा सरकारले यस्ता कुरामा ध्यान दिनु पर्ने र एकद्वार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्नसमेत आग्रह गरे । 





  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १४:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया