इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिन माग

एजेन्सी— पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पछिल्लो समय पाकिस्तानमा शान्ति स्थापना गर्न मात्र भूमिका नखेलेको तर अफगानिस्तानमा पनि शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने माग गरिएको छ । 

पाकिस्तानको पन्जाब प्रान्तका गर्भनरले यो माग गरेका हुन् । उनले अफगानिस्तानको शान्ति सम्झौतामा मुख्य भूमिका निर्वाह गरेको भन्दै इमरानले शान्ति पुरस्कार पाउनु पर्ने माग गरेका हुन् ।

पाकिस्तानको पत्रिका नवा ए वक्तका अनुसार पन्जाबका गर्भनर सरवर चौधरीले भनेका छन्, ‘अफगानिस्तान शान्ति सम्झौतामा इमरान खानको नेतृत्वमा पाकिस्तानमा ऐतिहासिक तथा निर्णायक भूमिका रहेको छ । यो सम्झौता इमरान खानको सैद्धान्तिक अडानका कारण भएको हो र उनको जित हो । त्यसैले उनी नोबेल शान्ति पुरस्कारका हकदार हुन् ।’





  • प्रकाशित मिति : फागुन २५, २०७६ आइतबार १६:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया