श्रीमती हत्या आरोपमा ७२ वर्षीय पक्राउ

विराटनगर— श्रीमती हत्या आरोपमा प्रहरीले ७२ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने ७२ वर्षीय परण ऋषिदेव विराटनगर महानगरपालिका वडा नं. १२ का हुन् । उनीमाथि ७० वर्षीया श्रीमती सगुत्रीको हत्यामा संलग्न भएको आरोप लागेको हो । 

सोमबार दिउँसो सामान्य घरायसी विवादमा परणले श्रीमतीलाई दाउराले प्रहार गर्दा उनको मृत्यु भएको थियो । उनी पाँच वर्षयता प्यारालाइसिसका कारण अपाङ्गता जीवन बिताइरहेकी थिइन् । सोमबार दिउँसो नै उनको हत्या भए पनि प्रहरीले यसबारे सोमबार साँझ मात्र थाहा पाएको थियो । घटनाको समयमा परणले अत्यधिक मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १४:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया