बाँस्कोटा घरमा विस्फोटबारे विप्लव समूहले दियो १० कारण
फाइल तस्वीर ।

काठमाडौं–  बुधबार विहान पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाको लोकन्थलीस्थित घरमा विस्फोट भएको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव समूहले लिएको छ ।

दुई तला थप्नका लागि निर्माण भइरहेको घरमा बुधबार विहान कुकर बम विस्फोट गराइएको थियो । प्रहरीले त्यहाँ विस्फोट गराएको आरोपमा विप्लव समूहका नेता देव गुरुङलाई पक्राउ समेत गरिसकेको छ । 

यसैबचि विप्लव समूहले एक पर्चा निकाल्दै बाँस्कोटाको घरमा बम विस्फोटा गराउनु पर्ने कारण खुलाएको छ । उसको विज्ञप्तिमा भएका १० बुँदाः 

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा (७० करोड) घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले । 

२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले ।



४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा(सुविधाका नाममा करोडौं हिनामिना गरेकाले ।



६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिविरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढे खालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १२:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया