करिनाको मास्कले लोभ्यायो सबैलाई

एजेन्सी– बलिउड अभिनेत्री करिना कपुर खानले केही दिन यता आफ्ना प्रशंसकलाई खुसीको खबर दिइन्– उनी सामाजिक सन्जाल इन्स्टाग्राममा जोडिइन् । अब उनले इन्स्टाग्राममा आफ्ना तस्वीर पनि राख्न थालेकी छिन् । 

जोडिएको केही बेरमा नै ब्लू टिक पाएकी करिनाले अहिले एउटा तस्वीर राखेकी छिन्, जसमा उनले मास्क लगाएकी छिन् । अनि उनको यो मास्कको फोटोमा सबैले आफूहरु फिदा भएको भन्दै कमेन्ट गरेका छन् ।

पिंक कलरको मास्क लगाएकी करिनाले फोटो क्याप्सन लेखेकी छिन्– एउटा यस्तो पनि स्टार, मेरो मतलब हो, मास्क । अनि यो तस्वीरमा उनका प्रशंसकले मात्र होइन, बलिउडका स्टारहरुले समेत कमेन्ट गरेका छन् । 





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १८:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया