मास्क नलगाएका प्रधानमन्त्री !

काठमाडौं– सबैलाई थाहा छ, प्रधानमन्त्री केपी शर्मा ओली गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार निवास बालुवाटारमा फर्किएका छन् । 

उनी निवासमा फर्किएलगत्तै शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा उनलाई भेट्न पुगेका थिए । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गरे । यो भेट एक घन्टा लामो भएको बताइएको छ । 

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै सल्लाहकारहरुले पनि भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले केही तस्वीर सामाजिक सन्जाल ट्विटरमा राखेका छन् । उनले राखेको तस्वीरमा उनीसँगै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्र्टीका महासचिव विष्णु पौडेल तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा देखिन्छन् । 

प्रधानमन्त्री अ‍ोलीलाई भेट्न पुगेका सबैले मास्क लगाएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली उनीहरुको सम्पर्कमा आए पनि विना मास्क त्यहाँ देखिएका छन् । 

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको कारण विश्वभर मास्क प्रयोगमा प्राथमिकता दिन थालिएको छ । केही दिनअघि मात्र ब्राजिलका राष्ट्रपति बोल्सेनारो एउटा ल्याबमा पुग्दा पनि मास्क लगाएका थिए । तर, मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएकै भोलिपल्ट हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर मानिसहरुसँग भेटघाट गर्दा पनि मास्क लगाएका छैनन् । 

त्यसैले पनि हुनुपर्छ, रिमालको यो ट्विटरमा धेरैले यसबारे जिज्ञासा राखेका छन् । विस्तारै सामाजिक सन्जालमा अन्य प्रयोगकर्ताले पनि यसबारे प्रश्न उठाउन थालेका छन् । 



हुन पनि बिरामी प्रधानमन्त्रीले किन सतकर्ता अपनाएनन् ? किन उनको टिमले यस्तो महत्वपूर्ण कुरामा पनि लापरवाही गर्यो ? प्रश्न जन्मिएको छ ।



  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार २२:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया