एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनको घरबाहिर हरेक आइतबार हुने भेला रद्द गरिएको छ । यसको जानकारी स्वयं अमिताभ बच्चनले दिएका छन् । उनले ट्विटरमा एउटा पोस्ट गर्दै आफ्नो घरबाहिर हुने कायर्यक्रम रद्द गरिएको र कसैलाई पनि उपस्थित नहुन अनुरोध गरेका छन् ।
उनले आफ्ना प्रशंसकलाई कोरोना भाइरस संक्रमणबाट रोक्नका लागि यो कदम उठाएको जनाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्– सबै शुभचिन्तकसँग प्रार्थना छ कि आज साँझ जलसा गेटमा नआउनुहोस् । आइतबारे भेटघाटका लागि म आउँदै छैन, सावधानी अपनाउनुहोस् ।
अमिताभले प्रत्येक आइतबार हुने यस्तो भेटघाट आफ्नो ब्लग वा सामाजिक सन्जालमा राख्दै आएका छन् । अमिताभले नै यो सिलसिला १९८२ देखि सुरु भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।