‘मैले बोल्न थालेँ भने दैनिक धम्की आउँछ’

फिल्म केदारनाथबाट बलिउडमा पाइला राखेकी अभिनेत्री सारा अलि खानले निस्फिक्री भएर भन्छिन् कि उनी समाज बदल्नका लागि फिल्मी लाइनमा लागेकी होइनन् । 

उनले समाजलाई सन्देश दिनका लागि अरु क्षेत्र भएको र आफ्नो क्षेत्र यो नभएको बताउँदै आएकी छिन् । 

‘मलाई त राम्रा कथाहरुको भाग हुनु छ,’ उनले भनेकी छिन्, ‘म त्यो अभिनय गर्न चाहन्छु जुन कथाबाट मानिसहरुसम्म पुग्न सक्छु ।’

उनले आफूलाई एक इन्टरटेनर मात्र मान्ने गरेको र सामाजिक सन्देश दिने कुरा आफ्नो काँधमा राख्न नरुचाउने पनि बताएकी छिन् । भारतीय मिडियासँग कुराकानी गर्दै साराले भनेकी छिन्, ‘अब मैले राजनीतिबारे आफ्नो धारणा राखेँ भने मलाई दैनिक धम्की आउँछन् । त्यसैले पनि मलाई यस विषयमा बोल्न मन छैन ।’





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया