आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ पर्ने छ । त्यसैगरी डिजल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले घटाई ९० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
हवाई इन्धन बाह्यतर्फ र ग्यासको मूल्य यथावत राखिएको निमगले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलिय पदार्थको मूल्यमा गिरावट आएपछि आन्तरिक बजारमा पनि मूल्य घटाइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।