सेल्फ क्वारेन्टाइनमा बलिउड अभिनेता दिलिप कुमार

एजेन्सी– विश्वमा बढिरहेको कोरोना भाइरसको प्रकोपकाबीच दिग्गज बलिउड अभिनेता दिलीप कुमार सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन् । ९७ वर्षका यी अभिनेताले सोमबार अबेर साँझ ट्विटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘कोरोना भाइरसको यो प्रकोपमा म पूरै आइसोलेसन तथा सेल्फ क्वारेन्टाइनमा छु । मलाई कुनै इन्फेक्सन नहोस् भन्नका लागि म यसरी बसेको हुँ ।’

यतिमात्र होइन, उनले आफ्ना प्रशंसकलाई पनि घरमा नै रहन अनुरोध गरेका छन् । ‘म तपाईंहरु सबैलाई अनुरोध गर्छु कि आफूलाई सुरक्षित राख्नुहोस् । सकेसम्म घरमा नै बस्नुहोस्, घरमा नै रहनुहोस् ।’

शुक्रबारमात्र यी अभिनेता पत्नी सायरा बानोको ट्विटरमा देखिएका थिए, एक भिडियोमा । त्यहाँ उनले लेखेका थिए– सबैलाई नमस्कार, म पहिलेभन्दा धेरै ठिक भइसकेको छु । 





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १३:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया