Fri, 03 Apr, 2020


कोरोना भाइरसः इटालीमा एकै दिन ४७५ जनाको मृत्यु
फरकधार / चैत ५, २०७६

एजेन्सी– कोरोना भाइरसका कारण युरोपको सबैभन्दा प्रभावित देश इटालीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ । पछिल्ला २४ घन्टामा इटालीमा कोरोना संक्रमणका कारण यी व्यक्तिहरुको मृत्यु भएको हो । 



योसँगै इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण २९७८ जनाले ज्यान गुमाएका छन् । यो अघिल्लो दिनको भन्दा १९ प्रतिशतले बढी हो । 

इटालीमा अहिले संक्रमितको संख्या ३५ हजार ७ सय १३ पुगेको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्