देशभरका सबै अदालत दुई साताका लागि बन्द

काठमाडौं– कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखेर देशभरका अदालत कम्तिमा पनि दुई साताका लागि बन्द हुने भएका छन् । आइतबारदेखि सबै अस्पताल दुई साताका लागि बन्द हुने भएका हुन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । पूर्ण इजलासको सो बैठकले अदालतहरु २२ चैतसम्म बन्द गर्ने निर्णय गरेको हो ।

निर्णयले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य सबै मुद्दाहरुको सुनुवाई रोक्ने निर्णय गरेको हो । 

यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १४:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया