काठमाडौं — प्रहरीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । विप्लव समूहमा आबद्ध कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालीकोटका टेक लोहार (विशेक गिरी) पक्राउ परेका हुन् ।
गत फागुन २८ गते भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको थियो ।
उनीहरु बिहीबार काठमाडौंका विभिन्न ठाउँबाट पत्राउ परेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
यसअघि प्रहरीले विस्फोट भएकै दिन मनोहरा सुकुम्बासी बस्तीबाट देवीप्रसाद गुरुङलाई पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।