काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्नका लागि तथा नियन्त्रण र उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’
प्रधानमन्त्री ओलीले अहिले सरकारले देशभरका अस्पतालहरुबाट सेवा प्रदान गर्न उच्च प्राथमिकतामा राखिएको पनि बताए । उनले भने, ‘यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।