कैलालीमा विस्फोट, एक जनाको मृत्यु
साङ्केतिक तस्वीर

कैलाली– कैलालीको गोदावरी नगरपालिका ४ फुलबस्तीमा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिस्फोटमा स्थानीय अन्दाजी ४० वर्षका नरबहादुर विकको मृत्यु भएको हो । त्यहाँ के विस्फोट भएको हो भन्ने अहिलेसम्म खुलेको छैन । 

प्रहरी विस्फोट भएको ठाउँमा पुगेको छ । त्यहाँको प्रहरीका अनुसार बिकले जंगलमा भेटिएको एउटा वस्तु ल्याएर आगोमा तताउँदा विस्फोट भएको हो । 

यसबारे अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १४:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया