बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण

काठमाडौं– बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसकाे पुष्टि गरेका हुन् । 

राजदूत सुन्दासका अनुसार कोरोना संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइनमा हाल रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरूमध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १६:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया