राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएको बुझिएको छ । 

पछिल्लो मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई पहिलोपटक भेटेका हुन् ।  प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटमा सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको प्रशंसा गरेकी छिन् । 

सरकारका कामका अतिरिक्त राष्ट्रपतिले नेकपाभित्रको राजनीतिबारे पनि चासो राखेकी थिइन् । यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए । 

ती भेटमा राष्ट्रपतिले आपसी विश्वासका साथ पार्टी एकता जोगाएर अघि बढ्न सुझाब दिएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १६:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया