सरकारले कोरोना उपचारमा सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक खटाउने

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक खटाउने भएको छ । आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेका हुन् ।

कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको स्वास्थ्यन्त्री ढकालको भनाइ छ । यो व्यवस्था प्रदेशको हकमा पनि लागू हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा एमबिबिएस र एमडी–एमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचचालन गर्न आग्रह गरेको छ ।

सरकारी छात्रवृत्तिमा अध्ययन गरी अध्ययनपश्चात् अहिले कार्यक्षेत्रमा खटिएका एमबिबिएस र एमडी–एमएस गरेका डाक्टरलाई खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीहरुलाई लेखेको पत्रिमा उल्लेख छ ।

मन्त्रालयले हाल मेडिकल कलेजमा छात्रवृत्तिमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई पनि सहयोगीको रुपमा परिचालन गर्न आग्रह गरेको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १७:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया