के कोरोना भाइरसको भ्याक्सिन अब पाउन थालिएको हो ? २० वटा भ्याक्सिनमा काम हुँदैछ

काठमाडौं– पछिल्लो समय विश्वमा एउटा त्रासको वातावरण सिर्जना गरेको छ, कोरोना भाइरसले । अर्कोतिर, कोरोना भाइरसबारे विश्वभर अर्को आशा पनि जागेको छ, यसबारे अनुसन्धान अत्यन्त द्रुत गतिमा हुन थालेको छ । 

पछिल्लो समय विश्वभरका देश जुटेर कोरोनाविरुद्ध भ्याक्सिन बनाउन थालेका छन् । बिबिसीमा आएको एक रिपोर्टअनुसार अहिले २० भन्दा बढी भ्याक्सिनको विकास हुन थालेको छ ।

यी २० मध्ये एउटा भ्याक्सिन चाहिँ मानिसमा नै प्रयोग हुन थालिसकेको छ । अन्य १९ वटा भ्याक्सिनहरु जनावरमा प्रयोग गर्न थालिएको छ । वैज्ञानिकहरुले जनावरमा प्रयोग गर्न थालिएका यी भ्याक्सिन यो वर्षको अन्त्यसम्म मात्र मानिसमा परीक्षण गर्न मिल्ने बताएका छन् । 

यो वर्षको अन्त्यसम्ममा भ्याक्सिन बनाइएको खण्डमा पनि यसलाई सबैले पाउने प्रोडक्सन बनाउन अर्को एक वर्ष लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।

अहिले चार किसिमका कोरोना भाइरस सबै मानिसहरुमा फैलिएको वैज्ञानिकहरुले बताउन थालेका छन् । 

त्यसैले केही समयमा नै कोरोना भाइरसविरुद्धको भ्याक्सिन सर्वसुलभ नहुने अनुमान छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १८:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया