वीरगन्जका एक नेपालीलाई कोरोना भएको आशंका, भारतमा उपचार हुँदै

काठमाडौं– पर्सा जिल्लाको वीरगन्जका एक व्यक्तिलाई कोरोना भाइरस भएको आशंका गरिएको छ । वीरगन्जका स्थानीय पत्रकारहरुका अनुसार यसबारे त्यहाँ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्यले पनि आफूले उनको परिवारबाट यही सुनेको बताएका छन् । 

न्युज २४ टेलिभजिनमा कार्यरत वीरगन्जका पत्रकार नीरज खतिवडाले यसबारे ट्विट पनि गरेका छन् ।

तर, यसको पुष्टि गर्न प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन । 

वीरगन्जका प्रहरी अधिकारीहरुले चाहिँ आफूहरुले पनि यो विषयमा हल्ला सुनेको बताएका छन् । 

यस समाचारको फलोअपमा हामी निरन्तर लागिरहेका छौँ ।

यसअघि आएको समाचारअनुसार कोरोना संक्रमित भएको भनिएका यी व्यक्तिलाई गण्डक अस्पतालले पटना रिफर गरेको थियो । उनको उपचार पटना मेडिकल कलेजमा भएको र उनमा कोरोना भाइरस संक्रमण देखिएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १८:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया