कोरोना भाइरस कसरी सर्‍याे जनावरबाट मानिसमा ?

विश्वमा छोटो समयमा हजारौँ मानिसको ज्यान लिइसकेको कोरोना भाइरस खासमा जनावरबाट मानिसमा कसरी सर्यो ? यो विषयमा शोध अहिले विश्वमा निकै द्रुत गतिमा वैज्ञानिकहरु गरिरहेका छन् ।

अहिलेसम्म मानिएको के छ भने चीनको कुनै एक क्षेत्रमा एउटा चमेरोले आकाशमा उडिँरहँदा गरेको दीशामा कोरोना भाइरसको अवशेष थियो । त्यसलाई त्यहाँको एउटा जंगली जनावरले सुँघ्यो, फलस्वरुपः त्यो भाइरस अन्य जंगली जनावरमा पनि फैलियो ।

अनि त्यसरी संक्रमणमा परेको जनवार मानिसहरुको सम्पर्कमा आयो । र, त्यसबाट एक व्यक्ति बिरामी भए । अनि तिनै व्यक्तिबाट चीनको समुद्री तथा जंगली जनावरको मासु बेच्ने ठाउँमा कोरोना भाइरस फैलिन थाल्यो । जुन अहिले विश्वका लागि ठूलो चुनौति भइसकेको छ ।

अब वैेज्ञानिकहरु यही सोचलाई विस्तारै प्रमाणित गर्ने प्रयास गरिरहेका छन् । उनीहरु जनावरबाट नै मानिसमा कोरोना भाइरस फैलिएको हो भन्ने प्रमाणित गर्न चाहन्छन् । जुलोजिकल सोसाइटी अफ लन्डनका प्रोफेसर एन्ड्र्यु कनिंगमले भनेका छन् कि अब विभिन्न घटनाहरुको जोडजाड हुन थालेको छ । अनि यो सबै चाहिँ कुनै जासुुसी कथाजस्तो आफूलाई लागिरहेको उनले बताएका छन् ।

उनले जंगली जनावरहरु कोरोना भाइरसको स्रोत हुनसक्ने र चमेरोमा झन् बढी यस्तो सम्भावना भएको हुनसक्ने बताएका छन् ।  

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोनसले पनि कोरोना भाइरस चमेरोबाट नै मानिसमा फैलिएको आशंका गरेका छन् । उनले चमेरोमा निकै धेरै किटाणू रहने भएकाले यो सम्भावनालाई बल मिलेको पनि बताएका छन् । अर्का बेलायती प्रोफेसर जोनाथन बलले चाहिँ चमेरो स्तनपायी भएकाले पनि मानिसमा उनीहरुबाट छिटो संक्रमण सर्न सक्ने सम्भावना बढी रहेको बताएका छन् ।



अनि यही चमेरोबाट अर्को एउटा जनावरमा कोरोना भाइरस संक्रमण फैलिएको र त्यसलाई चीनको मासु बजारमा बेच्दा त्यहाँबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ । 

द गार्जियनले यसबारे एउटा फिचर पनि प्रकाशन गरेको थियो । फिचरका अनुसार चीनमा एउटा ठाउँ थियो जहाँ भेडादेखि बिच्छी र मुसादेखि कछुवासम्मको मासु बेचिन्थ्यो । ती जनावरमा पहिले कोरोना भाइरस फैलिएको र त्यही मासुका कारण मानिसमा पनि कोरोना भाइरस फैलिएको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।



सन् २००३ मा जब सार्स फैलिएको थियो, त्यति बेला पनि अहिलेको जस्तै भएको थियो । त्यति बेला पनि जंगली जनावरको बजार अस्थायी रुपमा बन्द गरिएको थियो । तर, अहिलेसम्म पनि सार्स कसरी मानिसमा नै फैलिएको थियो भन्ने एकिन प्रमाण भेटिइसकेको छैन ।

त्यसो त के पनि हुनसक्छ भने हामीलाई कहिल्यै पनि यो कोरोना भाइरस कसरी मानिसमा फैलिएको थियो भन्ने थाहा नहुन सक्छ, तर हामी सधैं सतर्क चाहिँ रहनुपर्छ । 

  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १२:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया