एनआईसी एसिया बैंकका ग्राहकले दराज अनलाइनबाट खाद्यान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट पाउने भएका छन् । यस विषयमा बैंक र दराजबीच समझदारी भएको बैंकले जनाएको छ  ।

यो योजनामा सहभागी हुन चाहने एनआईसी एसिया बैंकका ग्राहकले चैत्र १८ गतेदेखि चैत्र २६ गतेसम्म दराज अनलाइनमा गई बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यम प्रयोग गरी घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।  

बैंकले यस समयमा हुन सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको पनि जनाएको छ ।

हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखामार्फत् दैनिक निश्चित समयका लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाइँ, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रूपमा मोबाइल तथा इन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावले घरबाटै बसेर निःशुल्क रूपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको जनाएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १५:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया