एनसेलले पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड रुपैयाँ तिर्यो

काठमाडौ– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । 

मंगलबार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्रीबापतको लाभकर ठूला करदाता कार्यालयमा बुझाएको हो । 

ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले दिएको जानकारीअनुसार एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ ।  

उक्त रकम पनि लकडाउन सकिएलगत्तै तिर्न आग्रह गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १७:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया