पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । यो समायोजनसँगै यी तीनै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेको छ ।

कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले यो मूल्य समायोजन गरेको हो । निगमले घटेको मूल्य बुधबार रातिबाट लागु हुने जनाएको छ ।

निगमका अनुसार हवाई इन्धनमा पनि प्रतिलिटर १५ रुपैयाँ घटेको छ । एलपिजी ग्यासको मूल्य भने यथावत छ । 

अब योसँगै पेट्रोलको मूल्य ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १९:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया