तान्जानियामा किन महिलाले गर्छन् महिलासँग विवाह ?

तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ । झट्ट हेर्दा समलिंगी परम्पराजस्तो देखिए पनि यसरी बिहे गर्ने महिला समलिंगी चाहिँ होइनन् ।

यसरी गरिने बिहे सम्पत्तिमाथि महिलाको स्वामित्व सुनिश्चित गर्न हो । महिलासँग बिहे गरेपछि पुरुषसँगको बिहे प्राविधिक खालको मात्र हुन्छ । अर्थात्, सन्तानोत्पादन र घरजम बसाउनका लागि महिलाले पुरुषलाई अपनाउँछन्, तर उनीहरूको बिहे चाहिँ महिलासँगै हुन्छ ।

यसो गर्दा घरको सम्पत्तिमाथि पुरुषले दाबी गर्न पाउँदैन । ‘यहाँका महिला सम्पत्तिमाथिको अधिकारलाई आफ्नो हातबाट फुत्किन दिने पक्षमा छैनन्, यसैकारण उनीहरूको समुदायमा पुरुषसँगको औपचारिक विवाह खारेज हुन पुगेको छ,’ समाचारमा भनिएको छ





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार २:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया