न्युयोर्कमा मात्र १६ हजारभन्दा बढीको कोरोना भाइरसबाट मृत्यु हुने प्रक्षेपण

एजेन्सी– अमेरिकामा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित न्युयोर्कमा कम्तिमा पनि १६ हजार मानिसले भाइरसका कारण ज्यान गुमाउने प्रक्षेपण गरिएको त्यहाँका गर्भनर एन्ड्र्यु क्वोमोले बताएका छन् । 

उनले अहिले अमेरिकाको इपिसेन्टर नै न्यूयोर्क भएको र न्यूयोर्कका सबै काउन्टीमा यो भाइरस देखिएको पनि जानकारी दिएका छन् । 

उनले अहिलेसम्म न्युयोर्कमा २३७३ जनाले यो भाइरसका कारण ज्यान गुमाएको पनि बताएका छन् । बिबिसीमा आएको समाचारअनुसार क्वोमोले अहिले स्थिति नियन्त्रणबाहिर गइसकेको भन्दै अरु प्रान्तहरुलाई पनि सचेत हुन अनुरोध गरेका छन् । 

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरससँग लड्न आवश्यक सामाग्री सकिएको स्वीकार गरेका थिए ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार २२:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया