उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ र सञ्चालकहरू तथा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकविरुद्ध पनि भ्रष्टाचार आरोपमा छानबिन गर्न माग गरिएको छ ।

त्रिपाठीले उजुरीमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद तथा सार्वजनिक दायित्वको दुरुपयोग गरी भ्रष्टाचारजन्य कसूर गरेको र निजहरूले आफूविरुद्धको प्रमाण मेटाउन सक्नेतर्फ पनि सचेत गराएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १६ र भ्रष्टाचार निवारण ऐनको  दफा ३१ बमोजिम तत्काल हिरासतमा लिई गम्भीर अनुसन्धान तथा तहकिकात गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मुद्दासमेत दायर गर्न माग गरेका छन् ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार २२:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया