दिल्लीमा एक सय बढी चिकित्सक र नर्स क्वारेन्टाइनमा
न्युयाेर्कमा काेराेनाकै कारण ज्यान गुमाएका एक नर्स ।

भारतको राजधानी नयाँ दिल्लीमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण निकै तीव्र गतिमा फैलिएको देखिएको छ । अब त्यहाँ आम मानिसहरुभन्दा पनि मेडिकलकर्मी बढी कोरोना संक्रमित भेटिएका छन् । 

यसअघि नै दिल्लीमा सात डाक्टरको कोरोना परीक्षण पोजेटिभ आएको छ । अहिलेसम्म यो कुनै पनि नर्समा देखिएको त छैन तर आशंकामा एक दर्जनभन्दा बढी नर्स छन् । 

भारतीय मिडियामा आएको समाचारअनुसार अहिले भारतका विभिन्न अस्पतालका १०० नर्स र चिकित्सक क्वारेन्टाइनमा बसेका छन् ।

दिल्लीका प्रत्येक अस्पतालमा कम्तिमा पनि दुई जना मेडिकलकर्मी कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा छन् । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ७:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया