नेपालमा थप तीन जनामा देखियो कोरोना, पहिलो पटक कम्युनिटी ट्रान्समिसन

काठमाडौं– कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यीमध्ये एक जना स्थानीय हुन्, अन्य दुई जना विदेशबाट आएका हुन् ।

मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका एक जना २१ वर्षका पुरुष, उत्तरखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । कैलालीकी महिला कैलालीमा यसअघि नै कोरोना संक्रमित भेटिएका पुरुषकी भाउजू हुन् ।

संक्रमित यी तीनै जनालाई कैलालीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

योसँगै अब नेपालमा कोरोना संक्रमण समुदायमा पनि देखिन थालेको छ । यसअघि सबै कोरोना संक्रमित विदेशबाट आएका थिए । अब नेपालभित्रै एकजनाबाट अर्कोमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । 

अहिलेसम्म विश्वको परिवेशलाई हेर्ने हो भने जब कोरोना संक्रमण सामुदायिक स्तरमा देखिन्छ, तब अझ बढी चनाखो हुनु पर्ने हुन्छ । 





  • प्रकाशित मिति : चैत २२, २०७६ शनिबार १६:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया