काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमण परीक्षणका लागि सुदूरपश्चिमका जिल्लामा ८ सयभन्दा बढीको नमूना संकलन गरेको जनाएको छ । सरकारले सुदूरपश्चिमका केही जिल्लामा विशेषज्ञसहितको चिकित्सक टोली खटाएको छ ।
संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मार्फत् कोरोनाभाइरस संक्रमण आशंका गरिएका ती जिल्लामा नेपाली सेना, नेपाल प्रहरीको चिकित्सकीय टोली तथा अन्य विशेषज्ञसहितको टोलीले नमूना संकलन गरेको हो ।
सेनाले पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा मंगलबार र बुधबार दुई दिनमा मात्र र्याापिड टेस्ट मार्फत आठ सय बढीको स्वाब संकलन गरिएको सेनाले जनाएको छ ।
टोलिले भारतबाट फर्किएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्राक्ट ट्रेसिङसमेत पहिचान गरिसकेको छ । ती व्यक्तिहरूको परीक्षणाका लागि नमुना लिई सकिएको छ । योसँगै नेपाल कोरोना संक्रमणको कुन तहमा छ भन्ने खुल्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।