कोरोनाभाइरसबारे विश्वको पहिलो फिल्म रिलिज हुँदैः के छ फिल्ममा ?

पत्याउनुहोस् या नपत्याउनुहोस्, अहिले विश्वमा कहर मच्चाइरहेको कोरोनाभाइरसबारे एउटा फिल्म बनिसकेको छ । 

‘कोरोनाः डर नै भाइरस हो’ शीर्षकमा बनेको यो फिल्म यही महिनाको अन्त्यसम्ममा विभिन्न स्ट्रिमिङ साइटहरुमा प्रसारण हुने बताइएको छ । 

यो फिल्ममा सात जना मानिस एउटा लिफ्टमा अड्किएको देखाइएको छ र त्यहाँ एकजनाले खोक्न थालेपछि हुने डर र त्रासको कुरा उल्लेख गरिएको छ । 

यसलाई मोस्ताफा केशभरीले निर्देशन गरेका हुन् । उनले यो फिल्म कोरोनभाइरस विश्व महामारी हुनुभन्दा अगाडि नै बनाउन थालेका थिए । 

अब योसँगै यो फिल्मबारे अनेक तर्क गर्न थालिएका छन् । ‘कोरोनाः फियर इज भइरस’ नामको यो फिल्म अहिले रिलिज गर्नु अलिक छिटो हो कि भन्नेबारे धेरैले मत दिएका छन् । यसका कारण अझ मानिसहरु थप तनावमा आउनसक्ने बताइएको पनि छ ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ३:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया