लकडाउन पुनः एक साता थप गर्ने सरकारको तयारी

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेसँगै सरकारले लकडाउनको अवधि लम्ब्याउने तयारी गरेको छ । जसअनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ । यसअघि सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउनको समय थप गरेको थियो ।  

म्याद सकिनुभन्दा एक दिनअघि मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले जानकारी दिएको छ । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै लकडाउन नखुल्ने संकेत गरेका थिए । सरकारले एक हप्ता लम्ब्याएमा वैशाख १० गते लकडाउनको एक महिना पूरा हुनेछ ।





  • प्रकाशित मिति : वैशाख १, २०७७ साेमबार १८:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया